फुकोट कर्णाली आयोजनाको सुरुङ निर्माण शुरु, एक खर्ब लागतमा ६ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षणका लागि सुरुङ खन्न शुरुआत गरिएको छ । आयोजनास्थल कालिकोटका रास्कोट नगरपालिका–९ फुकोटको फुगाडखोलामा सुरुङ खन्न थालिएको हो । ६  वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको क्षमता ४२६ मेगावाट रहेको छ । माटोको अवस्था र चट्टानलगायतका भौगर्भिक अध्ययनका लागि छसय मिटर सुरुङ खन्न थालिएको आयोजनाले जनाएको छ ।…