सि.जि. सिमेन्टले क्लिङ्कर क्षमता एक हजार मेट्रिकटन बढाउने, १० बैंकले थप २ अर्ब ३७ करोड कर्जा दिने

सानिमा बैंकको अगुवाई तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा १० बैंकहरुले सि.जि.सिमेन्ट इन्डष्ट्रिजमा थप २ अर्ब ३७ करोड लगानी गर्ने भएका छन् । सो रकमबाट सि.जि. सिमेन्टले क्लिङ्कर क्षमता एक हजार मेट्रिकटन बढाउने भएको छ। सानिमा बैंकले नेतृत्व गरेको सहवित्तीयकरण अन्तर्गतको कर्जामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक,सनराइज बैंक, प्रभु बैंक, नेपाल,…