नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा ब्रिटिश कलेजले ज्ञान साझेदारकारुपमा सहकार्य गर्ने भएको छ । सम्मेलनमा सहकार्यबारे सम्मेलन मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र ब्रिटिश कलेजकातर्फबाट कार्यकारी निर्देशक महेन्द्र राज कँडेलबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालमा बसेर…