काठमाडौँ । प्रभु बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बनेपा–११, काभ्रेपलाञ्चोक स्थित अपाङ्ग बालबालिकाका लागि अस्पताल तथा पुनर्स्थापना केन्द्र (एचआरडीसी) लाई ७ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरुमा बसोबस गर्ने शारीरिक रुपमा अशक्त तथा विपत्र बालबालिकाहरुको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री…