अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा सोमबार आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् । मन्त्री महतले बजेट मार्फत विभिन्न छुट तथा सहुलियतको घोषणा गरेका छन् । छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तशुल्कका ३४० छुटका दरहरू…