रोयल्टी नबुझाउने ४७ इन्टरनेट कम्पनीलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले ४७ वटा इन्टरनेट कम्पनीलाई साउन मसान्तभित्र रोयल्टी रकम र ग्रामीण दूरसञ्चार शुल्क बुझाउन निर्देशन दिएको छ । प्राधिकरणले दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको ४ प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको २ प्रतिशत गरी ६ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको हो । प्राधिकरणले सार्वजनिक सूचना…