नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेकाहरुले लकडाउन खुले पछि कार पाउने भएका छन् । किया मोटर्सका अनुसार बुकिङ गरेकाहरुले लकडाउन खुलेलगत्तै एसयुभी सेगमेन्टको उक्त कार चलाउन पाउने भएका हुन् । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुलेलगत्तै बुकिङ गरेका ग्राहकलाई उक्त गाडी हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ ।…