कोरोना संक्रमितको पहिचान गर्न एनसेलले पनि सुरु गर्‍यो सर्वेक्षण

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस संक्रमितहरुको पहिचानमा सहयोग गर्ने भएको छ। एनसेलले संक्रमितको पहिचान गर्न बुधवारदेखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण सुरु गरेको हो । यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यासडायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो…