काठमाडौं उपत्यकामा तरकारीको मूल्य घटेको छ । लकडाउन सुरु हुनुअघिको तुलनामा टमाटर, आलुलगायतका दर्जन बढी तरकारीको मूल्य घटेको हो । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार लकडाउन हुनु अघिल्लो दिन प्रतिकिलो ३८ रुपैयाँ रहेको सानो गोलभेडाको थोक मूल्य २६ प्रतिशतले घटेर बुधबार २८ रुपैयाँ कायम भएको छ । सानो गोलभेडा प्रतिकिलो २८ बाट…