राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच २०८० सालको लागि व्यवसाय प्रवर्द्धनका लागि ‘टीभीसी’ प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ। आइतबार सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले हस्ताक्षर गरेका छन्। सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बीचमा…