साहस उर्जाको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत आयोजनाको उद्घाटन

साहस उर्जा द्वारा निर्मित ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलबिद्युत आयोजनाको उद्घाटन भएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त आयोजनाको राजधानीमा उद्घाटन गरेका हुन् । जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले साहस ऊर्जासँग जोडिएका सबै संघ संस्थालाई सरकारको तर्फबाट बधाई एवं धन्यवाद दिँदै ऐतिहासिक रेकर्ड बनाएकोमा साहस ऊर्जालाई थप आयोजना निर्माणका लागि…