साग फुटबलको फाइनल खेलका लागि एक करोड ४ लाखको टिकट बिक्री

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम दिन पुरुष फुटबलको फाइनल खेल हेर्नका लागि एक करोड चार लाख रुपैयाँको टिकट बिक्री भएको छ। मंगलबार दशरथ रंगशालामा हुने आयोजक राष्ट्र नेपाल र भुटानबीचको फुटबल फाइनल खेल हेर्नका लागि एक करोड चार लाख रुपैयाँको टिकट बिक्री भएको इसेवाका प्रेस सल्लाहकार विष्णु पोखरेलले जानकारी दिए ।…