वैदेशिक व्यापारमा ५.१६ प्रतिशतको गिरावट, व्यापार घाटा भने घट्यो

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत आर्थिक वर्षको यही अवधिको तुलनामा वैदेशिक व्यापार ५.१६ प्रतिशतले घटेको हो। गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो।तर, वैदेशिक व्यापारमा गिरावट आएपनि आयातको तुलनामा निर्यात बढेपछि व्यापार घाटामा…