राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकासको लक्ष्यअनुसार नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा तीनै तहका सरकारबाट बजेट विनियोजन भए÷नभएको अध्ययन हुनुपर्ने बताएका छन् । दिगो विकास तथा सुशासन समितिको आज बसेको बैठकमा दिगो विकास लक्ष्यको मध्यावधि समीक्षा अध्ययनको अवधारणापत्र प्रस्तुतिपछि अध्यक्ष तिमिल्सिनाले भने, “सरकारले दिगो विकासका लक्ष्य प्राप्तिका लागि योजना बनाएको छ तर व्यवहारमा…