सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र ‘अण्डरपास’को सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि धवलागिरि क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् ।भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालू आर्थिक वर्षभित्रै उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरिएपछि आफूहरुको लामो समयदेखिको माग…