अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीतिनियम तथा काम कारवाहीलाई अगाडि बढाएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखापरेको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उनले सरकारले आर्थिक कूटनीतिलाई समेत केन्द्रमा राखेको र आफ्ना गतिविधिलाई सोही आधारमा केन्द्रीकृत गरेको जानकारी दिए । लगानी सम्मेलन जस्ता अन्तर्राष्ट्रियस्तरका सम्मेलनले समेत सकारात्मक वातावरण…