सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीमा कलाछे भन्ने स्थानमा सोमबार बेलुका झरेको सुक्खा पहिरोले भैरवकुण्ड विद्युत् आयोजनामा व्यापक क्षति पुगेको छ। पहिरोबाट व्यापक क्षति पुगेसँगै ३.१ मेगावाट विद्युत् उत्पादन समेत बन्द भएको छ। पहिराबाट कार्यालय भवन, बाँध र एक स्काभेटर समेत पुरिएका छन्। करिब २५० मिटर लम्बाइ र १५० मिटर चौडाइको उक्त पहिराबाट भैरवकुण्डस्थित लार्चाखोलाको तीन भाग…