आईएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्सले प्रवद्र्धन गरेको अशोक लेलैण्डका सवारी साधन खरिद गर्नेहरुलाई कर्जा उपलब्ध गराउने सम्बन्धमा सप्तकोशी डेभलपमेन्ट बैंकसँग सम्झौता भएको छ । विराटनगरमा प्रधान कार्यालय रहेको बैंकसँगको यो सम्झौता पछि आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले बैंकबाट ७० प्रतिशतसम्मको कर्जा सुविधा पाउने छन् । सवारी कर्जा सम्बन्धि सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत नबिन सुवेदी…