अर्घाखाँची सिमेन्ट अब ५३ ग्रेडमा, आईपीओमा जाने तयारी सुरु

अर्घाखाँची सिमेन्ट लिमिटेडद्धारा उत्पादित अर्घाखाँची ओपिसी सिमेन्टले नेपाल सरकारको ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो । आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री वितरणलाई सधैँ प्राथमिकतामा राख्ने जनाएको…