नेपाली युवा उद्यमी मञ्च र यती एअरलाइन्स बीच व्यवसायिक सहकार्य

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ । सम्झौतासँगै यती एअरलाइन्स अबदेखि मञ्चको आधिकारिक एअरलाइन्स बनेको छ । यती एअरलाइन्सको कार्यालयमा शुक्रबार आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष उदिप श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।…