काठमाडौँ । नेपाल टेलिकमले रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार गरेको छ । नेपालको प्रसिद्ध एवं सुन्दर पदयात्रा गन्तव्यको रुपमा परिचित रहेको लाङटाङ–क्यान्जिन पदमार्गमा सो क्षेत्रका वासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालन गरेको हो । काठमाडौँबाट नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकहरुलाई…