चीनले सेयरबजार सापेक्ष नीति ल्याउने बताएपछि एसियाली बजारमा हरियाली

चिनियाँ उप–प्रधानमन्त्री लिउ हिले सेयरबजार सापेक्ष हुने नीति ल्याउने बताएपछि एसियाली सेयरबजारमा हरियाली छाएको छ । कोभिड–१९ संक्रमणका केसहरु फैलिरहेको अवस्थामा चीनले कोभिड विशेष आर्थिक स्टीमुलसका साथै सेयरबजार सापेक्ष रहेर नीति ल्याउने अभिव्यक्ति दिएपछि चीनको सेयरबजार उकालो लागेको हो । केही समयसम्म उच्च अस्थिरता देखाइरहेको चीनियाँ सेयरबजार बुधबार ३.५ प्रतिशतले बढेको छ । यसैगरी हङकङको…