मोरङ व्यापार सङ्घले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच छलफल गरेको छ । अर्थतन्त्रमा परिरहेको आर्थिक चाप, शोधनान्तर घाटा, तरलता अभावलगायतले मुलुकको आर्थिक अवस्था सङ्कटग्रस्त भइरहेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए। छलफलमा अर्थशास्त्री डा भेषप्रसाद धमलाले निरन्तर घटिरहेको विदेशी विनिमय सञ्चिति, बढ्दो…