स्थानीय तहको निर्वाचनका दौरान मतदान गरेपछि मतपत्र देखाए पछि विवादमा तानिएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । वैशाख ३० गते बिहान ८.२५ बजे गोरखाको पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरे पछि जसपा अध्यक्ष भट्टराईले मत संकेत सहितको मतपत्रको फोटो सार्वजनिक गरेका थिए…