प्रि-ओपनिङ्गमा नेप्से ८ लाखको सेयर खरीद बिक्री

बिहीबारको प्रि-ओपनिङ्गमा नेप्से ०.३८ अंकले घटेको छ । बुधबार ७.१९ अंकले घटेको बजार सूचक बिहीबार पनि सामान्य ऋणात्मक देखिएको हो । प्रि-ओपनिङ्गमा नेप्से ०.३८ अंकले घटेर नेप्से सूचक २ हजार १३० दशमलव ३५ बिन्दुमा झरेको छ । यस अवधिमा ७ कम्पनी २ हजार ५१७ कित्ता सेयर ८ लाख १८ हजार २०८ रुपैयाँमा खरीद बिक्री भएका…