बैंकहरुले आक्रामक कर्जा लगानी गर्दा पूँजीकोषमा दबाव पुगेको छ । बैंकहरुले कर्जा लगानी गर्दा जोखिमको विश्लेषण नगरी आम्दानी बढाउन केन्द्रित हुँदा तोकिएको पुँजी प्रयाप्तता अनुपात सीमा कायम गर्न कठिन भएको हो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि पुँजी प्रयाप्तता अनुपात ११ प्रतिशत कायम गरेको छ । त्यसमा पनि प्राथमिक पुँजी ८.५ प्रतिशत हुनै पर्छ…