कोरोना प्रभावित उद्योगका श्रमिकको ज्याला २ वर्ष नबढ्ने, सहुलियत नपाएको व्यवसायीको गुनासो

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि लकडाउन तथा निषेधाज्ञा गर्नु पर्यो । त्यसको असर साना, घरेलु तथा ठुलो उद्योग/व्यवसायहरुमा प्रत्यक्ष रुपमा पर्न गयो । सञ्चालनमा रहेका अधिकासं उद्योग व्यवसायले निरन्तर बस्तु तथा सेवाको उतपादन तथा बिक्री वितरण गर्न सकेनन् । त्यती मात्र नभै सर्वसाधारणले पनि अत्यावसकीय बस्तु तथा सेवा मात्र खरिद गरे…