एडिबी परियोजनाको समग्र प्रगति सुस्त, केही आयोजनामा अपेक्षाकृत सुधार

एशियाली विकास बैंक (एडिबी)द्वारा देशका विभिन्न भागमा सञ्चालित भौतिक पूर्वाधार निर्माणका परियोजनाको समग्र प्रगति सुस्त रहे पनि केही आयोजनामा अपेक्षाकृत सुधार भएको सार्वजनिक भएको छ । एडिबीको अनुदान र ऋण सहयोगमा सञ्चालित ३१ आयोजनामध्ये अधिकांशको प्रगति लक्ष्यअनुसार हुन नसकेको तर भुक्तानीमा भने उल्लेख्य सुधार भएको बैंकले आज राजधानीमा गरेको वार्षिक समीक्षा बैठकमा सम्बद्ध पक्षले बताएका…