नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकले मंसिर ११ गते बिहीबार चार वर्षअघिको १८८१ को उच्च बिन्दु पार गर्दै नयाँ रेकर्ड बनायो । सो दिन नेप्से सूचक १ हजार ८९३.४३ बिन्दुमा पुगेर बन्द भयो । उक्त दिन ७ अर्ब ६१ करोडको कारोबार भएर एकैदिनको उच्च कारोबारको रेकर्ड समेत तोडिएको थियो । शेयर बजारले हालसम्मकै नयाँ उचाइ लिएपछि…