सडक बिस्तारका क्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको घर बुटवल उपमहानगरपालिकाले भत्काएको छ । सर्वोच्च अदालतले साउन २१ गते बुधबार घर भत्काउने विषयमा परेको मुद्दामा छलफलका लागि उपमहानगरपालिका र हमाललाई बोलाएको थियो । तर, बुधबार बिहानै उपमहानगरपालिकाले कुनै जानकारी नै नदिई घरमा मानिस सुतिरहेका बेला हमालको घर भत्काए पछि उद्योगी व्यवसायीले चर्को बिरोध…