राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक, माथिल्लो तामाकोशीको प्रगति ९८.५ प्रतिशत

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनाको अवस्था सन्तोषजनक रहेको पाइएको छ । मन्त्रालय मातहत विभिन्न सातवटा आयोजना राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत छन् । तीमध्ये पश्चिम सेती जलविद्युत् आयोजना लगानी बोर्डले संयोजन गरिरहेको छ । मन्त्रालय मातहतमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, भेरी बबई डाइभर्शन आयोजना, बबई सिँचाइ आयोजना, रानी…