महानगरको पहलमा सहकारीमा फोर्स मर्जर, १८ सयको संख्या ७ सयमा झार्ने

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीलाई एकापसमा एकीकरण गरी सङ्ख्यात्मक रूपमा कम गर्ने कार्य शुरु गरेको छ। हाल कामपामा एक हजार ८ सय ५६ सहकारी संस्था छन्, जसलाई घटाएर ७०० बनाउने योजनाको साथ कामपा लागिपरेको छ। संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन…