अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेले ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै आरोप पत्र दायर गरेको छ । अख्तियारका अनुसार काफ्लेले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबाट भक्तपुर र काभ्रेमा महङ्गो मूल्यमा जग्गाहरु खरिद गरी लिखतमा कम…