नेपालको परराष्ट्र मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै साउदी तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको निन्दा गरेको छ। "व्यापारिक प्रतिष्ठानहरू समेत यस्ता संवेदनहीन आक्रमणको निशानामा पारिनु खेदजनक छ। राजनीतिक उद्देश्य प्राप्तिका निम्ति बल तथा हिंसाको प्रयोगको नेपाल भर्त्सर्ना गर्दछ," मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। शनिवार ड्रोन आक्रमणका कारण अब्काइक र खुरैस प्रशोधन केन्द्रमा तत्कालका लागि उत्पादन…