कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्धारा तीन रणनीति तयार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण, रोकथाम नियन्त्रण तथा उपचारका लागि तीनवटा रणनीति तयार गरेको छ। मंगलबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सरकारले पहिलो रणनीतिमा प्रवेशमा रोक लगाउने निर्णय गरेकोमा सो को अवस्था सकिएकाले अब नयाँ तीन रणनीति अनुसार अगाडि बढ्न लागेको बताएका हुन्। पहिलो रणनीतिमा हाल अनिवार्य रुपमा क्यारेन्टाइनको कार्यान्वयन…