संस्थामा व्यक्ति होईन, संस्थागत सुशासन, नीति, विधि र योजना महत्वपुर्ण हुन्छ- मनोज ज्ञवाली

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा मेरो कार्यकाल आज बैशाख १५ गतेसम्म रह्यो । दुई वर्ष कार्यकाल पूरा हुनुसंगै बैंकबाट विदा हुने समाचारहरु प्रकाशित भएपछि बैंकका साथीहरु तथा मेरा शुभचिन्तक हरुको अनगिन्ती फोनहरु आएर एकछिन पनि काम गर्न नपाएको अवस्था सिर्जना भइ मैले फोन नै अफ गरेको थिए । बिभिन्न सञ्चारका माध्यामबाट समेत उतिकै…