चार वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

नेपाल राष्ट्र बैंकले निर्देशन उल्लङ्घन गरको भन्दै चारवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले सेञ्चुरी, सिटिजन्स, सिभिल र नेपाल बंगालादेश बैंकलाई जरीवाना तिराएको हो । केन्द्रीय बैंकको निर्देशन अनुसार कर्जा-स्रोत परिचालन अनुपात कायम गर्न नसकेको भन्दै सेञ्चुरी र सिभिल बैंक पनि कारवाही परेका छन् । सेञ्चुरी दोस्रो पटक यस्तो कारबाहीमा परेको हो ।…