सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानी बैंकिङ प्रणालीबाट गर्ने व्यवस्था माघ मसान्तभित्रै लागू हुने

नेपालबाट सामाजिक सञ्जालहरूमा गरिने विज्ञापनलाई एक महिना भित्रै बैंकिङ प्रणालीबाट मात्रै गर्न पाउने व्यवस्था मिलाउन लागिएको अधिकारीहरूले बताएका छन्। नेपाल राष्ट्र बैंकले माघ मसान्तभित्र गरिसक्ने मौद्रिक नीतिको समीक्षा अघि नै त्यस्तो व्यवस्था मिलाउन लागेको उनीहरूले बताएका हुन्। यो व्यवस्थाले नेपालबाट फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबलगायतका सामाजिक सञ्जाल र इन्टरनेटमा गरिने विज्ञापनलाई नियमन गरिने बताइएको छ। राष्ट्र…