चौध वाणिज्य बैंक सहित ४० कम्पनीले पठाए लाभांश

3
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चौध वाणिज्य बैंक सहित तीन दर्जन बढी कम्पनीले शेयरधनीको बैंक खातामा नगद लाभांश पठाउन सुरु गरेका छन्। हालसम्म धेरै कम्पनीको लाभांश खातामा आईसकेको छ भने केही कम्पनीहरुले हालै मात्रै पठाउन सुरु गरेका छन्।

पछिल्लो समय गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने कम्पनीहरुको क्रम बढ्दो रहेको छ। विगतका वर्षहरुमा एक वर्षसम्म लाभांश नबाँड्ने कम्पनीहरु पनि अहिले भने लाभांश बाँड्ने सूचीमा परेका छन्।

शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाउनेहरुमा वाणिज्य बैंकहरु अग्र स्थानमा रहेका छन्। यसैगरि लघुवित्त कम्पनी, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले पनि धमाधम नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्फत सोझै शेयरधनीको बैंक खातामा नगद लाभांश पठाउन थालिसकेका छन्।

अन्य केही सूचीकृत कम्पनीहरुले लगानीकर्ताको खातामा नगद लाभांश पठाएको भएपनि सार्वजनिक सूचना जारी नगरेकाले यहाँ समावेश नभएको हुनसक्छ। लाभांश वितरण सूचना निकालेको मध्ये १४ वाणिज्य बैंक, १० लघुवित्त, ५ विकास बैंक, ७ फाइनान्स, ३ वटा उत्पादन तथा प्रशोधन र अन्य समूहको नेपाल टेलिकम गरि कूल ४० वटा रहेका छ।

हेरौं कुन-कुन कम्पनीले वितरण गरे लाभांश:-

  • वाणिज्य बैंक

१. कृषि विकास बैंकको २४ प्रतिशत नगद लाभांश

२. एनआइसी एसिया बैंकको ११.०५ प्रतिशत नगद लाभांश

३. सिटिजन्स बैंक इन्टरनेशनलको १२ प्रतिशत नगद लाभांश

४. नेपाल एसबिआई बैंकको १०.८४ प्रतिशत नगद लाभांश

५. नेपाल बंगलादेश बैंकको ७ प्रतिशत नगद लाभांश

६. ग्लोबल आइमई बैंकको १२.७५ प्रतिशत नगद लाभांश

७. मेगा बैंकको ११.७५ प्रतिशत नगद लाभांश

८. नेपाल इन्भेष्टमेन्ट बैंक ८.५ प्रतिशत नगद लाभांश

९. नेपाल बैंकको १५ प्रतिशत नगद लाभांश

१०. एनएमबी बैंकको १४ प्रतिशत नगद लाभांश

११. सिद्धार्थ बैंकको १५.२६ प्रतिशत नगद लाभांश

१२. बैंक अफ काठमाण्डूको ११ प्रतिशत नगद लाभांश

१३. सनराइज बैंकको ५.८ प्रतिशत नगद लाभांश

१४. सिभिल बैंकको ६.७५ प्रतिशत नगद लाभांश

  • विकास बैंक

१. महालक्ष्मी विकास बैंकको ९.८९ प्रतिशत नगद लाभांश

२. सांग्रिला डेभलपमेन्ट बैंकको ८.९६ प्रतिशत नगद लाभांश

३. कामना सेवा विकास बैंक ६.८ प्रतिशत नगद लाभांश

४. गण्डकी विकास बैंकको १७.३२ प्रतिशत नगद लाभांश

५. लुम्बिनी विकास बैंकको १५ प्रतिशत नगद लाभांश

  • फाइनान्स कम्पनी

१. आइसीएफसी फाइनान्सको ८ प्रतिशत नगद लाभांश

२. गुडविल फाइनान्सको १० प्रतिशत नगद लाभांश

३. पोखरा फाइनान्सको ७.२ प्रतिशत नगद लाभांश

४. युनाइटेड फाइनान्सको ७.५२३ प्रतिशत नगद लाभांश

५. मञ्जुश्री फाइनान्सको ९.८० प्रतिशत नगद लाभांश

६. श्री इन्भेष्ट एण्ड फाइनान्सको १०.६५ प्रतिशत नगद लाभांश

७. गुहेश्वरी फाइनान्सको ६.५० प्रतिशत नगद लाभांश

  • लघुवित्त कम्पनी

१. नेशनल माइक्रोफाइनान्सको ५ प्रतिशत नगद लाभांश

२. निर्धन उत्थान लघुवित्तको १५.५३ प्रतिशत नगद लाभांश

३. आरएमडीसी लघुवित्तको १२.५० प्रतिशत नगद लाभांश

४. स्वावलम्बन लघुवित्तको १४ प्रतिशत नगद लाभांश

५. लक्ष्मी लघुवित्तको ११.३२ प्रतिशत नगद लाभांश

६. महुली लघुवित्तको ११.५८ प्रतिशत नगद लाभांश

७. समता लघुवित्तको ५.५३ प्रतिशत नगद लाभांश

८. विजय लघुवित्तको ५ प्रतिशत नगद लाभांश

९.  चौतारी लघुवितको १०.८९ प्रतिशत नगद लाभांश

१०. इन्फिनिटी लघुवित्तको ५ प्रतिशत नगद लाभांश

  • उत्पादन र अन्य

१. युनिलिभर नेपाल लिमिटेडको ७७० प्रतिशत नगद लाभांश

२. नेपाल टेलिकम ४५ प्रतिशत नगद लाभांश

३. हिमालय डिष्टिलरी ५२.३६ प्रतिशत नगद लाभांश

४. शिवम् सिमेन्टस् १५.७९ प्रतिशत नगद लाभांश

यसमध्ये कतिपय कम्पनीहरुले गत आवको मुनाफाबाट वितरण गरेको बोनस शेयर समेत नेप्सेमा सूचीकरण गरेर धितोपत्रको दोस्रो बजारमा कारोबार हुन थालिसकेको छ। हेरौं कुन-कुन दश कम्पनीको बोनस भयो सूचीकृत।

१. एनआईसी एशिया बैंकको १० प्रतिशत बोनस

२. सिटिजन्स बैंकको ३ प्रतिशत बोास

३. कुमारी बैंकको १० प्रतिशत बोनस

४. कामना सेवा विकास बैंकको प्रतिशत बोनस

५. ग्लोबल आईएमई बैंकको १२.७५ प्रतिशत बोनस

६. बैंक अफ काठमाण्डूको ६ प्रतिशत बोनस

७. फस्ट माइक्रोफाइनान्सको १७ प्रतिशत बोनस

८. माछापुच्छ्रे बैंकको ५ प्रतिशत बोनस

९. ओरियण्टल होटलको ५ प्रतिशत बोनस

१०. प्राइम बैंक कर्मर्सियल बैंकको १६ प्रतिशत बोनस

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार  १४ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।