नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले शुक्रबार पदभार ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा बिहान शपथ लिएर बोर्ड कार्यालय जावलाखेल पुगेका ढुंगानाले आजै कार्यभार सम्हालेका हुन्। ढुंगानाले नेपाल एसबिआई बैंकको पाइपलाइनमा रहेको डिबेन्चर स्वीकृत गरेर बोर्ड अध्यक्षको जिम्मेवारी लिदै काम सुरु गरेका छन् । एसबिआई बैंकले गत असोजमा दुई अर्ब बराबरको ऋणपत्र निष्काशनको…