शेयर बजारमा प्रोफिट बुकिङ्ग गर्न हतारिने अल्पकालीन कारोबारी हाबी हुँदा बुधबार नेप्से परिसूचकमा गिरावट देखिएको छ। धितोपत्र बोर्डमा नयाँ अध्यक्षको आगमन तथा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता भएपछि उकालो लागेको बजार सूचक बिक्रीचाप बढेपछि पुन ओरालो लागेको हो। यसै हप्ताको तीन दिन सूचतक बढ्दा नेप्से ५०.५८ अंकले बढेको थियो। सोही मौका छोपेर मुनाफा भएका स्टकका…