संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको आज निरीक्षण गरी हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका छन् । विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’का लागि आवश्यक पर्ने १०४ रोपनी जग्गा अधिग्रहणको बारेमा चासो दिएर उनले जानकारी लिएका थिए। विमानस्थललाई थप सुरक्षित बनाउँदै उनले हुस्सु लागेर ‘भिजिविलिटी’ कम…