सरकारले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने सहुलियत ऋण ठूला परियोजनामा परिचालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैदेशिक लगानी आकर्षित गर्नका लागि ग्रीन वण्ड, पूर्वाधार वण्ड एवम् अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण परिचालन गरिने बताएका हुन् । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विकास आयोजना…