सौर्य ऊर्जा : देश विकासको नयाँ आयाम

नेपाल जलस्रोतको मात्रै नभई सौर्य विकिरण (रेडिएसन) को पनि धनी देश हो । वर्षको झन्डै तीन सय दिन घाम लाग्ने नेपालमा सौर्य ऊर्जाको विकासले मुलुकको समग्र विकासमा नयाँ आयाम थप्न सक्छ । पछिल्लो दशकमा भएको जलविद्युत् उत्पादनले नेपाललाई लोडसेडिङमुक्त बनायो भने भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न सघायो । तर, सुक्खायाममा नेपालले भारतबाट चर्को मूल्यमा…