बक्यौता नबुझाउने उद्योगीको बैंक खाता रोक्का, सेयर कारोबार गर्न पनि नपाउने

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको महसुल नबुझाएका उद्योगहरुको बैंक खाता रोक्का गर्ने भएको छ । मङ्गलबार विद्युत् नियमन आयोगले विवादित उद्योगहरूको विद्युत नकाट्न निर्देशन दिएपछि प्राधिकरणले महसुल नबुझाउने ३४ उद्योगीहरुको बक्यौता रकम नयाँ विकल्प प्रयोग गरी काट्न लागेको हो । प्राधिकरणले बुधबार नेपाल राष्ट्र बैङ्क, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई महसुल असुलीका…