तरलता अभाव व्यवस्थापन गर्न नसक्दा पछिल्लो ११ दिनमा विश्वका ३ ठूला बैंकहरु टाट पल्टिएका छन् । अमेरिकाको १६ ठूलो वाणिज्य बैंक–सिलिकन भ्याली बैंक, सिंग्नेचर बैंक र स्वीजरल्यान्डको दोस्रो ठूलो क्रेडिट स्वीस बैंक समयमा तरलता व्यवस्थापन गर्न नसकेका कारण बैंकहरु टाट पल्टिएका हुन् । बैंकहरु टाट पल्टिएसँगै विश्वव्यापी रुपमा बैंकिङ क्षेत्र प्रभावित हुन पुगेको छ ।…