काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा मात्र ७४ हजार नेपाली नागरिक रोजगारीको खोजीमा बिदेसिएका छन् । जेठ महिनामा ६६ हजार ३०२ जना पुरुष ८ हजार १६५ जना महिला गरी जम्मा ७४ हजार ४६७ जना नेपाली रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागले जनाएको छ । सोमध्ये सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स (युएई)…