श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरसँग १० जना श्रमिकले फोन मार्फत गुनासो गरेका छन् । श्रम मन्त्रालयले सञ्चालन गर्दै आएको “श्रमिकसँग श्रम मन्त्री” कार्यक्रममा श्रमिकहरुले मन्त्री कुँवरलाई फोन मार्फत आफना गुनासा पोखेका हुन् । मन्त्रीसंग श्रमिकहरुले वैदेशिक रोजगारीमा ठगिएका सबैभन्दा बढि गुनासा र समस्याहरु राखेका छन् । मन्त्री कुँवरसंग श्रमिकहरुले सम्झौता अनुसार…