स्वीजरल्याण्ड सरकारले विभिन्न देशबाट वैदेशिक रोजगारी गरी नेपाल फर्किएका नेपालीहरुको जीवनस्तर वृद्धिको लागि ८६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । स्वीस सरकारले “रिइन्टीग्रेसन अफ रिर्टनी माइग्रेन्ट वर्कर” परियोजना मार्फत उक्त रकम नेपाललाई सहयोग गरेको हो । नेपाल फर्किएका श्रमिकहरुको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक जीवन सुधार र विदेशमा आर्जन गरेको ज्ञान, सीप नेपालमै उपयोग…