श्रम मन्त्री अर्याल र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता, ई-७ भिसाबारे छलफल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसंग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टाई योङले शिष्टाचार भेटवार्ता गरेका छन् । श्रम मन्त्रालयमा मंगलबार सम्पन्न भेटवार्तामा उनीहरुका बीचमा द्विपक्षीय श्रम सम्बन्धका विविधि पक्षका छलफल भएको बताइएको छ । श्रम मन्त्रालयका अनुसार उनीहरु बीचमा दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठको उपलक्ष्यमा विगतका सहकार्यको पुनःस्मरण…